पश्चिमदाङको शान्तिनगरमा बौला खोलाले बगाएर २ बर्षीया एक बालिकाको मृत्यु भएको छ ।
शान्तिनगर गाउँपालिका वडा नं. ६ कोर्वाङ निवासी फिरु चौधरीकी २ बर्षीया छोरीको आज विहान बौला खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष रवि बुढाथोकीले जानकारी दिनुभयो । घरमा नभएपछि खोज्ने क्रममा बौला खोलो बगाएर नजिकै नहरमा फालेको मृत अवस्थामा बालिकाको शव फेला परेको थियो ।
बालिकाको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।