२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

२१ औं शताब्दीमा पनि शिक्षितबाटै छुवाछूत कहिले सम्म ?

शिक्षा र चेतनाले बिभेदको अन्त्य हुन्छ भन्ने पनि भ्रम जस्तो लाग्न थाल्यो । कति – कती बेला त दलित समुदाय शिक्षित र चेतना नभएर बिभेद भएको होकी भनेर हिन्ताबोध हुन्थ्यो। तर मेरो बुझाई गलत रहेछ । तर देशको शिक्षा मन्त्रीले छुवाछूत गर्नेलाई पुलिस बाट छुटाएर आफ्नै गाडीमा राखेर कुनै युध्द जितेर आए जस्तो पुस्कृत र प्रोत्सान गर्छन मेरो प्रश्न यो देशको शिक्षा मन्त्रीको शिक्षा नभएको भन्नेकी मगज बिग्रीएको भन्ने छुट्याने जिम्मा तपाईहरुको हो।

अर्को कुरा चेताना के हो महान बिद्वान हरुको सामाजिक सन्जालमा गरेको र देखेको तर्क तिमीले कोठा पाएनौ हामीले कोटा पाएनौं चेताना यस्तो सम्मकी कोठा र कोटाको मोहोत्व बुझन नसक्नेहरुको चेतना देखेर दया लागेर आउछ।
जातिय छुवाछूत जस्तो ब्यबहारलाई कानुनले अपराध मानेको छ । यो कुरा सबैले मान्नु हुन्छ तर तर्क गर्नु हुन्छ छुवाछूत त म मान्दिन मेरा बुवाले पनि छुवाछूत मान्नुहुन्छ बिस्तारै छुवाछूतको अन्त्य हुन्छ । मेरो बिचारमा ७० बर्षको बृद्ध मान्छे मारेपछि उसलाई कानुन लाक्छकी लाग्दैन कानुनले छुट दिन्छ भने छुवाछूत गर्न गर्न पनि कानुने छुट दिन्छ होला । त्यसकारण छुवाछूत पनि समाजिक अपराध हो अपराध गर्ने जो कोहिलाई पनि सजाय हुनुपर्छ। कानुनको आँखामा सबै नागरिक कानुनको ज्ञाता हुन्छन ।

अब रहयो आरक्षणको बिषय दलित समुदायले पाउने ९ % आरक्षणले यो बिषमा हजुरलाई डाहा भएको छ भने सबै लक्षित समुदायले पाएको आरक्षणको बिरोध गर्न सक्नु पर्छ महिलाले पाउने आरक्षणको किन बिरोध हुदैन किनकि त्यहाँ त दिदि बहिनी श्रीमती सबैले पाउने आशामा समर्थन गर्नु हुन्छ । दलित समुदायको माग भनेको आरक्षण होइन अधिकार हो। जनसंख्या को आधारमा जो अन्य समुदायले पाएको छ त्यहि अनुरुप पाउनु पर्छ राज्यको सेवा सुबिधा पाउने कुरामा तर यहाँ त्यस्तो होईन दलित समुदायलाई सदियौं देखी राज्य र समाज बाट हेपिएको चेपिएको थिचिएको मिचिएको बिभेदमा पारिएको समुदाय हो र मान्छेले मान्छेलाई कुकुर समान्न नदेख्ने सम्मको ब्यबार भोग्दै र सहदै आएको समुदाय हो। त्यसकार क्षेतिपुर्ति सहित बिषेश अधिकार हुनुपर्ने हो तर फेरी पनि दलित समुदायलाइ ठगीएको छ आरक्षणमा सिमित गरेर थोरै भएपनि यो समुदायलाई राज्यको पहुँच सम्म पुर्यान गरिएको सानो प्रयास हो।

त्यसकारण सोच बदलौं सभ्य ,समानतामुलक समाज दलितलाई मात्रै चाहिएको छैन त्यो त बाहुन, क्षेत्री,समाजका सबै समुदाय र सचेत नागरिकहरुलाई सबैलाई चाहिएको छ । आउनु होस सचेत नागरिकहरु सबै
खाले बिभेद ,असमानता अन्यायका बिरुद्ध मा लडौं सभ्य बिभेद रहित न्यायमुलक,समानतामुल समाज निर्माणमा जुटौं ।