२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन हुने

दाङमा लकडाउनलाई थप खुकुलो पार्दै असार २२ गतेसम्म थपिएको छ । भोलीबाट जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधन चल्न पाउने भएका छन् ।

जिल्ला कोभिड विपत व्यवस्थापन समितिको घोराहीमा बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै सार्वजनिक सवारी साधन चल्न पाउने निर्णय गरेको हो ।
बैठकले सरकारी कार्यालय, बैंक र बित्तीय संस्था बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्ने निर्णय गरेको छ, भने पसलहरु बेलुकी ६ बजेसम्म खोल्ने निर्णय गरेको छ ।