दाङ – सल्यान सडकखण्ड अन्तर्गत शिरखाेलामा यात्रु बाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सल्यान देखी बाँकेको नेपालगन्ज तर्फ जादै गरेको रा १ ख २४३९ नम्वरको बस बेलुकी साढे छ बजेतिर तुलसीपुर ३ शिरखाेलामा दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ । घाइतेहरूकाे अवस्था सामान्य रहेकाे छ ।
सडक देखी बस झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । थप विवरण आउन बाँकी छ ।