२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

बबई गाउँपालिकाको सभाहल परिसरमा लायन्स क्लवको बृक्षारोपन

लायन्स क्लव अफ दाङ बबई छहराले बबई गाउँपालिको सभाहल परिसरमा बृक्षारोपन गरेको छ । लायन्स क्लवले हरित तथा स्वच्छताका लागि देशभर बृक्षारोपन गर्ने कार्यक्रम अन्तर्गत आज एक कार्यक्रमका विच लायन्स क्लव अफ दाङ बबई छहराले सभाहल परिसरमा बृक्षारोपन गरेको हो ।

लायन्स क्लव अफ दाङ बबई छहराका अध्यक्ष गोपीकृष्ण बुढा क्षेत्रीको अध्यक्षता एवम् बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माको प्रमुखआथित्यमा बृक्षारोप गरिएको हो । सो अवसरमा प्राथमिक अस्पताल हापुरेका प्रमुख डाक्टर राजिव झा, बबई गाउँपालिका योजना शाखा प्रमुख तिलक केसी, बबई चेम्बर अफ कमर्सका अध्यक्ष युवराज कडेल, इन्जीनियर होमराज वली, छहरा अनलाइनका अध्यक्ष झुपु क्षेत्री, क्लवका सचिब प्रेम वली, शिक्षक भुप शिरीस लगायतको सहभागितामा बृक्षारोपन गरिएको हो ।