माहुरी होम तुलसीपुरले दाङको तुलसीपुरमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । यूके एडको आर्थिक सहयोग,भीएसओ र ईन्टरनेस्नल अर्लटको साझेदारीमा माहुरी होमले मेट्रो हस्पीटल तुलसीपुर र ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई स्वास्थ्य सामाग्री आज आईतबार हस्तान्तरण गरेको हो ।
मेट्रो हस्पीटलका डाक्टर प्रकास साहु,डाक्टर तिलक केसी र नर्सिङ ईन्चार्ज कमला गिरीलाई र ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यालय प्रमुख श्यामु अर्याललाई ती सामाग्री हस्तान्तरण गरीएको महुरी होमका देवी पोख्रेलले जानकारी दिनुभयो । कोभिड १९ को संक्रमण बढदै जादा माहुरी होमले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा स्वास्थ्य सामाग्री बितरण गर्दै आएको छ ।
कोरोनाका पहिलो चरणदेखि फ्रन्टलाईनमा काम गर्ने ब्यक्ति तथा कार्यालयलाई कोरोना भाईरस संक्रमणबाट सुरक्षीत हुन स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम भई रहेको माहुरी होमले जनाएको छ ।