२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउको माग गर्दै प्रदर्शन

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउको माग गर्दै काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिएको छ। प्रतिष्ठान शुद्धीकरण अभियान २०७८ को आयोजनामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध प्रदर्शन जारी छ।

नागरिक अगुवा नारायण वाग्ले प्रतिष्ठानमा, अध्ययनरत प्रशान्त राई, विवेकशील पार्टीका शशीविक्रम कार्कीलगायत करिब १८,२० जनाको संख्यामा ब्यानर र प्लेकार्ड बोकेर शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन्।

उपकुलपतिसहित प्रतिष्ठानका पदाधिकारीहरूले नै अनियमितता गरेको आरोप लगाउँदै उनीहरूको नेतृत्वमा काम गर्न नसक्ने भन्दै प्रतिष्ठानका कर्मचारीहरूले समेत चरणबद्ध आन्दोलन गरिरहेका छन्।