माहुरी होम तुलसीपुरले प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । यूके एडको आर्थिक सहयोग,भीएसओ र ईन्टरनेस्नल अर्लटको साझेदारीमा माहुरी होमले जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी पोष्ट तुलसीपुर हेमन्तपुर दाङलाई स्वास्थ्य सामाग्री शुक्रवार हस्तान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजाल र प्रहरी पोष्ट तुलसीपुर हेमन्तपुर दाङका चौकि इन्चार्ज माधव कुमार श्रेष्ठ लाई ती सामाग्री हस्तान्तरण गरीएको महुरी होमका देवी पोख्रेलले जानकारी दिनुभयो । कोभिड १९ को संक्रमण बढदै जादा माहुरी होमले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा स्वास्थ्य सामाग्री बितरण गर्दै आएको छ । कोरोनाका पहिलो चरणदेखि फ्रन्टलाईनमा काम गर्ने ब्यक्ति तथा कार्यालयलाई कोरोना भाईरस संक्रमणबाट सुरक्षीत हुन स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम भई रहेको माहुरी होमले जनाएको छ ।