पश्चिमदाङको बबई गाउँपालिका वडा नं. ७ मलईका केहि गाउँ तथा घरहरु बाढि र पहिरो उच्च जोखिममा रहेका छन् । बर्षायाम सुरु भएसंगै मलईका विभिन्न गाउँका बासिन्दाहरु डरत्रासमा बस्दै आएका छन् ।बाढि र पहिरो आउँछ भन्ने डर सधै सताउने गरेको स्थानीयबासी बताउँछन् । स्थानीय ठुलो खोला तथा विभिन्न खहरे खोलाको बाढि र पहिरो आउने सम्भावना ठुलो रहेको छ । २०७१ साल र २०७३ सालमा आएको बाढि र पहिरोकारण मलईबासी प्रभावित भइसकेका छन् । बाढि तथा पहिरो नियन्त्रणमा हाल सम्म कुनै प्रयास नभएको स्थानीयबासीको गुनासो रहेको छ ।
गाउँपालिका, प्रदेश तथा संघिय सरकारबाट पाउने विकासका सुविधा अझै आउन नसकेको छैन् । तिन वटै सरकारले मलई क्षेत्रलाई हेलाह प्रवृतिले कुनै विकास गरेको छैन् । खोला तथा पहिलो नियन्त्रणको लागि आवश्यक तटबन्ध तथा अन्य कार्य नगरको स्थानीय बताउँछन् । वडाबाट बाडफाड हुने पाउने वजेटको सुविधा बाहेक ठुलो विकास काम हुन सकेको छैन् । गाउँ गाउँ सिंह दरवारको नारा लगाएपनि स्थानीय सरकार आउदा समेत मलईले विकासको मुख फेर्न पाएको छैन् ।
सिंगो गाउँ नै बाढिको उच्च जोखिम
मलईको एक सिंगो गाउँ नै बाढिको उच्च जोखिम रहेको छ । मलईको बाठाटोल भन्ने गाउँ बुका खोलाको उच्च जोखिममा रहेको छ । अत्याधिक बर्षा भएपछि पटक पटक खोला गाउँमा पसि सकेको छ । यसको खोलाको नियन्त्रणका लागि सम्बन्धित निकाय कुनै चासो दिएको पाइएको छैन् । पटक पटक खोला नियन्त्रणका लागि तटबन्धको माग गर्दापनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो रहेको छ ।
दर्जनौ घर बाढि र पहिरोको उच्च जोखिममा
मलईका विभिन्न गाउँका दर्जनौ घरपनि उच्च जोखिममा रहेका छन् । बाँठा टोलका भागसिं बाठा, डाँगी टोलका शेर वहादुर डाँगी लामितराका थम्मन घर्ती, डिल्ली बुढा, खर्क वहादुर घर्ती, जलजलाका भद्र वहादुर बस्नेत, देव वहादुर वली लगायत दर्जनौ घर बाढि र पहिरोको उच्च जोखिममा रहको छन् ।
विद्यालय नै बाढिकोे उच्च जोखिममा
मलईको जलजलामा रहेको सरस्वती प्राथमिक विद्यालय बाढिको उच्च जोखिममा रहको छ । ठुलो खोला नामको खोला र स्थानीय विभिन्न खहरे खोलाको उच्च जोखिममा रहेको छ । विद्यालय नजिकैमा ठुलो खोला तथा खहरे खोला रहेको छ । यसको नियन्त्रण तथा रोकथाम सम्म कसैले चासो दिएका छैन् ।