२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

नेपाली कांग्रेस बबई ३ द्धारा ३५ जना जेष्ठ नागरीकलाई सम्मान

नेपाली कांग्रेस बबई ३ ले ३५ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ । प्रजातन्त्रको पुनस्थापना पश्चात हाल सम्म राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा निरन्तर क्रियासिल रहेका ३५ जना जेष्ठ नागरीकलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको हो ।

वडा सभापति प्रेम नागबागको सभापतित्व भएको जेष्ठ नागरीक सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका सभापति किर्ति वहादुर खड्काले जेष्ठ नागरीकहरुले नेपाली कांग्रेसको सांगठनिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याएकोमा प्रशंसा गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति खड्काले जेष्ठ नागरीकको सल्लाह सुझावका साथ नेपाली कांग्रेस अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ठ अथिति नेपाली कांग्रेस महासमिति सदस्य केशवराज आचार्य र सचिव संकर प्रसाद डाँगीले जेष्ठ नागरीकहरुले गरेको योगदान सधै अविस्मणिय रहेको बताउनुभयो । सो अवसरमा नेपाली कांग्रेस दाङका जोगेन्द्र विश्वकर्मा, तरुण दल दाङका अध्यक्ष टिका घर्ती, महासमिति सदस्य देविका नेपाली, क्षेत्र नं. ३ का क्षेत्रिय सभापति जगत खड्का, उपसभापति प्रमोद बस्नेत, क्षेत्रिय सचिव चुडामणि ढकाल, क्षेत्र नं. ३ क सभापति घनश्याम ढकाल, बबई सभापति बल वहादुर बुढा, क्षेत्रिय प्रतिनिधि कुल वहादुर खत्री, नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला उपाध्यक्ष पूर्ण वहादुर केसी, क्षेत्रिय कोषाध्यक्ष भरत खड्का, पूर्व सभापती टेक वहादुर वली, महिला संघ सभापति प्रेमा बुढाथोकी, जिपि फाउण्डेसन बबईका संयोजक प्रकाश बस्नेत लगायते बोल्नु भएको थियो ।
वडा सहसचिव गोवर्धन खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजिकरण दिपा केसीले गर्नुभएको थियो ।