२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

भारतमा चट्याङ्ग लागेर ३५ जनाको ज्यान गयो

सांकेतिक तस्बिर ।

भारतका विभिन्न स्थानमा चट्याङ लागेर ३५ जनाको ज्यान गएको छ । भारतको उत्तर प्रदेशमा २८ जना र राजस्थान ७ जना गरी ३५ जनाको ज्यान गएको हो । चट्याङ्ग लागेर उत्तर प्रदेशका विभिन्न ठाउँमा २८ जनाको ज्यान गएको भने केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चार, चार लाख रुपैयाँ दिने घोषणा गर्नु भएको छ ।

हिजो भारतका विभिन्न राज्यमा चट्याङ्गसहित ठूलो वर्षा भएको भारतीय अधिकारीले बताएका छन् ।