२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

NRNA माल्टाको नेतृत्वको लागि समावेशी समूह चुनावी मैदानमा (चुनावी प्रतिवद्धता) पत्र सहित)

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) माल्टाको आगामी  आसन्न २०२१ – २०२३ नेतृत्वका लागि चुनावी सरगमी बढेको छ । गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको नेतृत्वका लागि दुई समूहले उम्मेवारी दिएका छन् । यतिबेला समावेशी समूह र साझा समूह चुनावी मैदानमा उत्रिएकाे छ ।  गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको चुनाव आगामी जुलाई २९ मा हुदैछ ।

दुई समूह मध्ये रेमलाल खनाल (रेम्स) नेतृत्वको समावेसी समूह बलियो मानिएको छ । रेमलाल खनाल (रेम्स) नेतृत्वको समावेसी समूह आगामी नेतृत्वका सबै संग समन्वय गरेर आगडि बढेको छ । दुई – दुई पटक उपाध्यक्ष भइसकेका खनाल यस पटक अध्यक्षको बलियो सम्भावना बोकेको व्यक्ति हुन् । समावेसी समूह वैदेशिक रोजगारी , व्यवसाय र अध्ययनको शिलशिलामा माल्टामा बसोबास गर्ने नेपालीहरुको हकहीत र अधिकारको लागि काम गर्ने प्रतिबद्धता सहित चुनावी अभियान लागेको छ । खनालले स्वतन्त्र उम्मेदवार पशुपती गौतम समेतलाई आफ्नो समूहमा समावेश गराएका छन् । अध्यक्षका उम्मेदवार खनालसंग सबैलाई मिलाएर जाने नेतृत्वदायी क्षमता रहेको छ ।

यस्ता छन् समावेशी समूहका प्रतिवद्धताहरु

१) गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टालाइ सम्पूर्ण माल्टावासी नेपालीहरुको साझा संस्थाको रुपमा विकाश गर्ने ।

२) वैदेशिक रोजगारी , व्यवसाय र अध्ययनको शिलशिलामा माल्टामा बसोबास गर्ने नेपालीहरुको हकहीत र अधिकारको लागी सम्बन्धित निकायसँग छलफल तथा पहल गर्ने ।

३) माल्टावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले जटिल समस्याको रुपमा भोग्दै आएका काउन्सिलर सेवाको लागी नेपाल सरकारको कुटनीतिक नियोगसँग समन्वय गर्दै समाधानका लागी पहल गर्ने ।

४) माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा भाइचाराको सम्बन्ध कायम गर्दै विभिन्न कला , संस्कृति तथा खेलकुदको माध्यमबाट नेपालको पर्यटन प्रवर्धनको लागी पहल गर्ने ।

५) गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टालाइ वैधानिक रुपमा दर्ता गरी कार्यालय स्थापना गर्न पहल गर्ने ।

६) माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुका बिचमा रहेका सम्भावनाहरुलाइ अध्ययन गरी सामूहिक लगानीको रुपमा माल्टा तथा नेपालमा लगानीको वातावरण सिर्जना गर्न पहल गर्ने ।

७) माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको समस्या समाधान गर्न यहाँको मल्टिज् सरकार , विभिन्न गैर सरकारी संस्थाहरुसँग समन्वय गर्दै समाधानका लागी पहल गर्ने ।

८) माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाइ भैपरि आउने
(भवितव्य) समस्याहरुलाइ समाधान गर्न विभिन्न सरकारी , अर्ध सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँग पहल गरी करिब द्दछ,ण्ण्ण्र( युरो (पच्चिस हजार) सम्मको अक्षयकोष स्थापना गरी आपतकालीन राहात कोष सञ्चालन गर्ने ।

९) माल्टामा बसोबास गर्ने नेपालीहरुबाट माल्टामा जन्मेका बालबालिकाहरुको जन्मसिद्ध आधारमा पाउने अधिकार प्राप्तीका लागी मल्टिज् सरकारसँग समन्वय गर्ने ।

१०) माल्टामा रहेका नेपालीहरुको मल्टिज् कानुनी प्रक्रिया सम्बन्धि रहेका समस्या समाधानका लागी स्थानीय कानुनविद्हरुसँग समन्वयन गरी हेल्पडेस्क ( HELP DESK ) स्थापना गर्ने ।

११) वैदेशिक रोजगारीको शिलशिलामा माल्टामा आइपर्ने समस्याहरुको समाधानका लागी नेपाल सरकारको कुटनैतिक नियोग तथा मल्टिज् सरोकारवालासँग समन्वयन् गर्दै समस्या न्यूनिकरण गर्ने आवश्यक पहल गर्ने ।

१२) वैदेशिक रोजगारीको शिलशिलामा माल्टामा आवश्यक पर्ने सामाजिक सुरक्षा , विमा , स्वास्थ्य सम्वन्धि नीति (Health approval) एवम् बैंकिङ् खाता खोल्नमा सम्बन्धित निकायसँग समन्वय गरी छिटो , छरितो र भरपर्दो सेवाको लागी पहल गर्ने ।

१३) इ.स. 2019/08/03 मा गैर आवसिय नेपाली संघ युरोप क्षेत्रको क्षेत्रीय सम्मेलनमा नेपाल सरकारका कुटनैतिक निकाय प्रमुख (महामहिम राजदुत) सँग भएको छलफल बमोजिमको निर्णय कार्यन्वायनको लागी पहल गर्ने ।