दाङमा प्रहरीले रेडपाण्डाको छाला र काइनेटिक (टल्कने ढुङगा) सहित दुई जनालाई पक्राउ गरेको छ । दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला र काइनेटिक (टल्कने ढुङगा) सहित सुर्खेत भेरीगंगा नगरपालिका ८ बस्ने ५६ बर्षिय नर बहादुर बस्नेत र जाजरकोट जुनीचाँदी गाउँपालिका ७ बस्ने ४८ बर्षिय डिल बहादुर रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
रेडपाण्डाको छाला ओसारपसार तथा विक्रिवितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई बुधवार विहान पक्राउ गरेको हो । उनीहरुको साथबाट रेडपाण्डा जस्तो देखीने सुकेको छाला २ फिट दश ईन्च र काईनेटिक (टल्कने ढुङगा) सानो ठुलो गरी ३२ पिस र माईक्रोम्याक्स कम्पनीको मोवाएल एक थान बरामद गरिएको छ ।
पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । केहि दिन अघि रेडपाण्डाको छाला सहित दाङका तीन जना बाँके नेपालगञ्जमा पक्राउ परेका थिए ।