२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

बबईमा हापुरे प्राथमिक अस्पताल सञ्चालन

दाङको बबई गाउँपालिकाले हापुरे प्राथमिक अस्पताल सञ्चालनमा आएकाे छ । लुम्बिनी प्रदेश सरकार र बबई गाउँपालिकाको आर्थिक लगानीमा निर्माण सम्पन्न भएको अस्पताल हिजाे देखि सञ्चालनमा आएको हो ।

विरामी हुदा स्वास्थ्य जाँच गर्न तुलसीपुर, घोराही तथा नेपालगञ्ज जानुपर्ने केहि बाध्यता टर्ने आशा राखिएकाे छ । अस्पतालमा मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीले विरामीको स्वास्थ्य जाँच गर्ने छन् ।

गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जनताको सेवामा सधै तत्पर रहेको बताउनुभयो । आफूहरु निर्बाचित भएर आउँदा दुई वटा स्वास्थ्य चौकी रहेकोमा अहिले सात वटै वडामा स्वास्थ्य केन्द्र सञ्चालन भएको समेत जानकारी दिनुभयो ।

अहिले हापुरेमा अस्पताल, हंसपुरमा १५ सैयाको अस्पताल निर्माणको चरणमा रहेको भन्दै पञ्चकुलेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको बताउनुभयो । अस्पताल सञ्चालन भएपछि अब विरामीलाई उपचारमा सहज हुने स्थानीयको भनाई छ ।