बबई गाउँपालिकाको प्रशासनिक भवन परिसरमा बृक्षारोपण गरिएको छ । पालिका परिसरमा ६ सय ५ वटा बृक्षारोपण गरिएको हो ।
पालिका अध्यक्ष भुबनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लको सहभागीतामा कर्मचारीहरुले बृक्षारोपण गरेका हुन् । डिभीजन बन कार्यालय घोराहीले फल तथा फूलजन्य बिरुवा उपलब्ध गराएको थियो ।
गाउँपालिकाको परिसरमा रहेको खाली क्षेत्रमा बृक्षारोपण गरिएको हो । गाउँपालिका परिसरमा आँप, अम्बा, लिच्ची, कटहर, जामुन, चिउरी, कल्पी, सुधासुन्दरी जस्ता फल तथा फूलजन्य बिरुवा रोपिएको हो ।