२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

बबईमा १५ जना मुक्त कम्लहरीलाई बंगुरका पाठा वितरण

बबई गाउँपालिकामा रहेका १५ जना मुक्त कम्लहरीलाई आयआर्जनका लागि बंगुरका पाठा वितरण गरिएको छ ।
मुक्त कम्लहरीलाई आयआर्जनसंग जोड्नका लागि बबई गाउँपालिमा रहेका १५ जना मुक्त कम्लहरीलाई प्रतिब्यक्ति २÷२ वटाका दरले ३० वटा बंगुरका पाठा बितरण गरिएको हो ।

बबई गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमको सहयोगमा उनीहरुलाई बंगुरका पाठा बितरण गरेको हो । आर्थिक अबस्थालाई सुधार गर्न र उनीहरुका परिवारलाई आयआर्जनसंग जोड्न बंगुरका पाठा बितरण गरेको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभयो ।
पाठा बितरण अघि गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले मुक्त कम्लहरीलाई आयआर्जनसंग जोड्न बंगुरका पाठा बितरण गर्न लागेको जानकारी दिनुभएको थियो । अरुको घरमा बसेका मुक्त कम्लहरीलाई सहज जीवन बिताउन र आर्थिक रुपमा सक्षम बनाउन बंगुरका पाठा दिइएको बताउनुभएको थियो ।

बबई गाउँपालिकामा १५ जना मुक्त कम्लहरी रहेका छन् । बंगुरका पाठा प्राप्त गरेपछि मुक्त कम्लहरीहरुले खुशी ब्यक्त गरेका छन् । स्थानीय सरकारले आफ्नो आर्थिक अबस्था सुधार गर्न बंगुरका पाठा बितरण गरेको भन्दै राज्यको लगानी खेर जान नदिने मुक्त कम्लहरी पुष्पा चौधरीले बताउनुभयो ।