२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

बबई चेम्बर अफ कमर्सद्धारा स्वास्थ्य सामाग्री सहयोग

बबई चेम्बर अफ कमर्सले हापुरे प्राथमिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रम विच हापुरे प्राथमिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । बबई चेम्बर अफ कमर्सका अध्यक्ष युवराज कडेलले हापुरे प्राथमिक अस्पतालका प्रमुख डाक्टर राजिव झालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । माक्स, सेनिटाइजर, ग्लोव विभिन्न किसिमका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । बबई चेम्बर अफ कमर्सले विभिन्न स्थानमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।
सो अवसरमा चेम्बर अफ कमर्स लुम्विनी प्रदेश समिति सदस्य खुम वहादुर खड्का, बबई चेम्बर अफ कमर्सका सचिव रेशम वि.क., सदस्य केवि क्षेत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बबई चेम्बर अफ कमर्सका प्रेस सल्लाहकार झुपु क्षेत्रीले गर्नु भएको थियो ।