नेपाली साहित्यको बिकास र बिस्तार गर्ने एक शसक्त समुह साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले नयाँ नेतृत्व पाएको छ । २०८ औं भानुजयन्तीको अवसरमा शनिवार एक कार्यक्रम आयोजना गर्दै खेम मगर कान्छाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको निबर्तमान अध्यक्ष राम प्रसाद सुवेदी संगमले जानकारी दिएका छन् । साहित्यिक चौतारी नेपाल मलेसियाको पुनर्गठन तथा शुभकामना आदानप्रदान कार्यक्रम जुम एप तथा फेसबुक लाईभ मार्फत आयोजना गरिएको थियोे ।
बरिस्ठ उपाध्यक्षमा मोति निरौला, उपाध्यक्षमा खिमु काउचा गरिब, महासचिवमा एम मगर, सचिवमा तारा सोमै मगर संकल्प,सह– सचिवमा विशाल बी.सी. र कोषाअध्यक्षमा निमेष चौधरी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा बेहोसी कृष्ण कार्की, बासुदेब कुमार दुनुवार,राम काजी बि।सी, तिलकराम अधिकारी,रेशमराज बोगटी,भक्त कार्की र सन्दिप बिश्वकर्मा निश्चल आँसु रहेका छन् ।
नयाँ नेतृत्वको संरक्षकमा राम प्रसाद सुवेदी संगम, प्रमुख सल्लाहकारमा जीवन देवान गाउँले, सल्लाहकारमा दल बहादुर लामा र अर्जुन सिंह अनुरागी रहेका छन्
साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका निवर्तमान अध्यक्ष राम प्रसाद सुवेदी संगमको संयोजन साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका कार्यवाहक अध्यक्ष दल बहादुर लामाको सभापतीत्व, साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गिता भण्डारीको प्रमुख आतिथ्यता तथा साहित्यिक चौतारी नेपाल मलेसिया संस्थापक अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुखीुको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा नव गठित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आदिकबि भानुभक्त आचार्यको स्मरण गर्दै कबिता वाचन समेत गरिएको थियो ।
साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका निबर्तमान सह सचिव खेम मगर कान्छाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा साहित्यिक चौतारी नेपाल केन्द्रीय समिति, नेपालका सात वटै प्रदेश शाखाका प्रतिनिधि,देश बाहिरका साउदी, इजरायल, ग्रिस, जापान, भारत र मलेसिया शाखाका प्रतिनिधि, नेपाली मजदुर एकता समाज केन्द्रीय समिति अध्यक्षतेज बहादुर कार्कि, गैर आवासीय नेपाली संघ जोहोर राज्य समिति अध्यक्ष हरि बहादुर बस्नेत, सुदुरपश्चिमेली नेपाली समाज जोहोर मलेसियाका अध्यक्ष राज बहदुर साउदलगायतकाको सहभागिता रहेको रहेको थियोे भने कार्यक्रमको सञ्चालन साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका सल्लाहकार अर्जुन सिंह अनुरागीले गरेका थिए ।