दाङको शान्तिनगर गाउँपालिका वडा नंं. २ अमुवा निवासी स्व. जगत लामिछानेको परिवारलाई आर्थिक सहयोग गरिएको हो । लामिछानेको असार २७ गते उपचारको क्रममा लखनउमा मृत्यु भएको हो । उनको मृत्युपछि घरमा उनकी आमा, श्रीमती, सानी छोरी र एक बहिनी छन् । लामिछानेको निधनपछि घरमा आर्थिक अबस्था कमजोर भएर दैनिकी चलाउन समस्या भएपछि स्थानीय शान्तिनगर युवा संगठनले ३६ हजार एकसय ४५ बढी आर्थिक सहयोग गरिएको हो ।
अध्यक्ष उमेश थापा तथा स्थानीय रोशन रावतले उक्त रकम परिवारलाई हस्तान्तरण गरेका हुन् । स्थानीय युवाहरुको सक्रियतामा संकलन भएको रकम हस्तान्तरणपछि उनीहरुको दैनिकी चल्न सहज भएको छ । जगत लामिछाने तुलसीपुर स्थित आल्मुनियम पसलमा काम गर्थे । उनकै कमाईबाट घर चलेको थियो । त्यसपछि उनी कामकै सिलसिलामा नेपालगञ्ज गएका थिए । नेपालगञ्ज कोठामा सुतेको अबस्थामा एक्कासी विरामी भएका थिए ।
त्यसपछि उनलाई हस्पिटल लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लैजाने तयारी थियो । तर, हेलिकप्टर चार्टर गर्दा ५ लाख रुपैँया लाग्ने भएपछि लखनउ लगिएको थियो । लखनउ लग्दा टाउकोमा अक्सिजन नगएकाले मृत्यु भएको थियो रिपोर्ट आएको थियो ।