वैदेशिक रोजगारीको आकर्षण रोजगारीको गन्तव्य मानिएको दक्षिण कोरियामा कोरोना महामारीका कारण नेपाली श्रमिक जान पाएका छैनन् । यसै बीच दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत श्रमिक लैजाने विषयमा सकारात्मक भएको छ ।
कोरियाले नेपाली श्रमिकलाई शर्त सहित लैजान इच्छुक भएको वैदेशिक रोजगार विभागले बताएको छ । रोकिएका श्रमिकले निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजाने विषयमा एचआरडी सकारात्मक वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो ।
इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिनुभयो ।
एचआरडीको पहिलो सर्त डाइरेक्ट उडान हुनुपर्ने , श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ विभागले बताएको छ । यसै गरि कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य श्रमिक आफनै खर्चमा बस्नुपर्ने पनि सर्त एचआरडी राखेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।