२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

दाङमा बाघको छालालसहित दुई जना पक्राउ

दाङ प्रहरीले बाघको छालालसहित रुकुम पश्चिम र जाजरकोटका दुई जनालाई पक्राउ गरेको छ। आज विहान साढे ३ बजे घोराही उपमहानगरपालिका वडा नं ३ गोग्लीबाट पाटेबाघको जस्तो देखिने छालासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका वडा नं. ९ का ३२ वर्षिय राम बहादुर दमाई र रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा न १० चौखाबाङका ५४ वर्षिय पुर्ण सिह सुनार रहेका छन् ।
उनीहरुको साथबाट ५ फिट २ ईन्च लम्बाई र १फिट ४ ईन्च चौडाई भएको सुकेको एक थान बाघको छाला बरामद गरिएको प्रवक्ता रिजालले जानकारी दिनुभयो । उहाँले पक्राउ गरेका दुई जनामाथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।