अस्थायी ट्राफिक पोस्ट जसपुरले राप्ती राजमार्गका विभिन्न ठाउँमा जनचेतनामुलक बोर्डहरु राखेको छ । तुलसीपुर ११ नम्बर वडाकाे आर्थिक सहयोग तथा प्रहरी चौकि जसपुरको सहकार्यमा प्रहरी चौकि क्षेत्र, जनबहार चोक, उरहरि चोक, सितलपुर नर्सरि नजिकको उरहरि ओरालो लगायत बिभिन्न स्थानमा ट्राफिक नियम सम्बन्धि जानकारि तथा दुर्घटना न्यूनीकरण गर्न ध्यान दिनुपर्ने जनचेतनामूलक सामाग्री सहितको बोर्ड स्थापना गरिएको ट्राफिक पोस्ट जसपुरका इन्चार्ज बिष्णु न्यौपानेले जानकारी दिए ।
न्यौपानेले जसपुर ट्राफिक पोस्टको इन्चार्जको जिम्मेवारी सम्हाले लगत्तै रचनात्मक कार्यमा सकृय बनेका छन् । दुर्घटना बढी हुने त्यस क्षेत्रमा ट्राफिक सम्बन्धि जनचेतनामूलक बोर्ड स्थापना भएपछि दुर्घटना न्यूनीकरण हुने स्थानीयको अपेक्षा छ । ट्राफिक प्रहरी जसपुरले स्थापना गरेका ति बोर्डहरुको अनुगमन गर्दै वडा अध्यक्ष चित्र बहादुर वलि लगायत जनप्रतिनिधि, प्रहरी चौकी जसपुरका इन्चार्ज सई देब बहादुर वलि,चन्द्रोदय बिद्याकुन्जका प्रिन्सिपल द्रोण बहादुर बस्नेत, स्थानीय समाजसेबिहरु बोधिलाल भण्डारी, तेज बहादुर बुढाथोकी, ब्यबसायि डेक बहादुर डागि लगायतले पछिल्लो समय उरहरि जसपुर क्षेत्रमा ट्राफिक प्रहरिको सक्रियता बढेकोप्रति खुसि ब्यक्त गर्दै धन्यवाद दिएका थिए ।
दुर्घटना समाजको ठुलो समस्याको रुपमा रहेकाले सर्बसाधारणहरुलाइ ट्राफिक नियम बारे पुर्ण सचेत बनाउन आबश्यक रहेको बताउदै ट्राफिक इन्चार्ज बिष्णु न्यौपानेले आफु यो अभियानमा निरन्तर लागिपर्ने बताए ।