शान्तिनगर पुर्व वाइसियल इञ्चार्ज तथा वाइसियल जिल्ला सम्मेलन आयोजक कमिटि सदस्य दिपक परियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नं. ६ देविपुर घर भएका परियारले आज एक कार्यक्रमका विच नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस दाङका नेता तथा कांग्रेस महासमिति सदस्य केशव आचार्यले प्रवेश गराएका हुन् । यस्तै नेकपा माओवादी केन्द्र नेता एकराज अधिकारी पनि नेपाली काग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रिय उपसभापती प्रमोद वस्नेतले जानकारी दिनुभयो । पश्चिमदाङका युवा नेता तथा क्षेत्रीय उपसभापती बस्नेतको पहलमा उनि कांग्रेसमा प्रवेश गराएका हुन् ।
सो अवसरमा क्षेत्रीय सभापती जगत खड्का, उपसभापती प्रमोद बस्नेत, जिल्ला सदस्य नारायण भट्टराई, तरुण नेता भागीराम रावत, लाल बहादुर बुढाथोकीको लगायतको सहभागिता रहेको थियो । केहि दिन पछि थप युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराउने परियारले बताए ।