२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

मदन मुस्कानको तिज गित (नक्कली मोरी)

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गायक तथा संगीतकार मदन बि.क. मुस्कानले आफ्नो नयाँ कोशेली नकली मोरि सार्वजनिक गरेका छन् ।
साउन महिनाको पहिलो बुधबार पारेर सार्वजनिक गरिएको उक्त गीतमा मुस्कान र रेजिना परियार को स्वर रहेको छ । सानै उमेर देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका मुस्कानले २दर्जन भन्दा बढी गीतमा स्वर र संगीत भरेका छन् ।
आज सार्वजनिक गरेको उक्त गीतमा पनि मुस्कानकै स्वर संगीत रचना पनि आफ्नै रहेको छ र मोडल पनि आफै गरेका छन् ।

५ वर्ष पहिले सार्वजनिक गरेको तीज गीत एस पालित उडाउछु माया तुलसीपुरमा धुलोलाई दर्शक श्रोताले अत्यधिक मन पराएका कारण भाग दुईको रुपमा नकली मोरि दर्शक श्रोताहरू माझ लिएर आएको मुस्कानले बताएका छन् । उनका अनुसार यसमा स्वर दिएका गायक गायिका बाहेक करिना डाँगी,रचना खड्का , साबित्रा बि.क ,ससा सिह, सुसान क्षेत्री, तुफान वलि, मुस्कानको नृत्य तथा अभिनय देख्न सकिनेछ ।