२०८० साउन १० गते बुधवार
२०८० साउन १० गते बुधवार

दाङमा लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ

दाङमा लागुऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । नेपालगञ्जबाट तुलसीपुर ल्याउदै गरेको ९ ग्राम ब्राउनसुगर सहित तीन जना पक्राउ परेका हुन् । राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर १३ दमारगाउँ प्रहरी चौकीमा जाँचका क्रममा एक महिला र दुई जना किशोर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भिईपी टोल निवासी ४५ बर्षीया चामुकुमारी विश्वकर्मालाई ७ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका जानकारी दिनुभयो ।नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ७२९४ नम्बरको यात्रुबहाक बसमा सवार रहि ब्राउनसुगर ओसारपसार गरिरहेको अबस्थामा ति महिलालाई बुधबार साँझ साढे ७ बजेतिर पक्राउ गरिएको हो ।

त्यसको एक घण्टा अघि साढे ६ बजेतिर मोटरसाईकलमा सवार दुई किशोरलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पैयाखोरे निवासी १८ बर्षीय प्रेमप्रकाश विकले चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाईकलको पछाडी सवार तुलसीपुर ४ निवासी १४ बर्षीय किरण विकले मास्क भित्र ब्राउनसुगर लुकाएको अबस्थामा दुबैजनालाई पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।