२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

शान्तिनगरकी एक महिला विगत १७ दिन देखि वेपत्ता

दाङको शान्तिनगर गाउँपालिकाकी एक महिला विगत १७ दिन देखि वेपत्ता भएकी छन् । शान्तिनगर गाउँपालिका वडा नं. ६ गिधनिया निवासी कृष्ण वहादुर वलीकी २३ बर्षीया श्रीमती सीता वली वेपत्ता भएकी छन् । गत असार २३ गते देखि वेपत्ता भएकी सिता घर फर्केकी छैनन् ।

सिताको घरमा २ छोराछोरी रहेका छन् । वेपत्ता भएको केहि दिनमा पछि आफू भारतमा रहेको भनेर फोन सम्पर्क गरेपनि हाल सम्म सम्पर्क गरेकी छैनन् । अहिले सो नम्बरमा सम्पर्क गर्दा एक नेपालीले फोन उठाउने गरेको पारिवारीक स्रोतले बताएको छ । भारतमा उनको कसैले बेच्न सक्ने परीवारको डर रहेको छ ।
वेपत्ता भएको केहि दिनमा पछि सिताले ९१९०२८४१७४८८ को भारतीय नम्बरबाट फोन गरेको पारीवारीक स्रोतले जनाएको छ ।