२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

देउवा नेतृत्व सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : नेता गिरी

पुर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीकोले सभापती शेर वहादुर देउवा नेतृत्व सरकारको पहिलो प्राथमिक सवैलाई कोरोना विरुद्ध खोप लगाउने रहेको बताउनु भएको छ । दाङको तुलसीपुरमा रहेको विपिको सालिकमा माल्यार्पण गदै नेता गिरीले प्रधानमन्त्री देउवाले पद समाल्दै आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता कोरोना विरुद्ध खोप बताएको स्मरण गर्दै सबै जनताले खोप लगाउन पाउने बताउनु भयो ।

गएको चुनावमा कम्युनिष्टहरुले नक्कली नारा लगाएर जनता झुक्याई दुई तिहार सरकार बनाएपनि सरकार चलाउन नसकेकाले अहिले कांग्रेसले सरकारको नेतृत्व लिनु परेको नेता गिरीको भनाई छ । देउवा नेतृत्वको सरकारले जनतामुखी काम गर्ने आफु विस्वस्त रहेको नेता गिरीको दावी छ ।
दाङमा नेपाली कांग्रेसले विभिन्न किसिमका विकास काम गरेको स्मरण गराउदै बन्दै गरेको तुलसीपुर घोराही सडकखण्ड नाजुक रहेको बताउनुभयो । नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीको स्वागतका लागि दाङका नेता, कार्यकर्ता, शभेच्छुक तथा युवाहरुको बाक्लो उपस्थिति रहेका थियो ।

तस्वीर : झग्गु भण्डारी