२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

उच्च अदालत बारको अध्यक्षमा भण्डारी

उच्च अदालत वार एशोसियशन तुलसीपुरको अधिबेशन सम्पन्न भएको छ । २ बर्षे कार्यकालका लागि शनिबार सम्पन्न अधिबेशनले पुष्कर बहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नँया कार्यसमिति चयन गरेको छ ।

निर्वाचन कमिटिका संयोजक अधिबक्ता मोहनप्रसाद धितालका अनुशार उपाध्यक्षमा सुनिल धिताल,सचिवमा मधुसुदन गौतम,कोषाध्यक्षमा प्रकाश रेग्मी र्निबिरोध निर्वाचित हुनुभएको छ । सदस्यमा बिष्णुमणि धिताल,प्रबिण लम्साल,बिनु श्रेष्ठ,गोर्कण खत्री,श्रीराम चौधरी,भागवत रेग्मी सदस्यमा र्निविरोध निर्वाचित हुनुभएको छ । एक जना सदस्य पछि थप गरिने निर्वाचन कमिटिका संयोजक धितालले बताउनुभयो । १ जना महिला सहित ३१ जना मतदाता रहेको उच्च अदालत बार एशोसियसन तुलसीपुरले जनाएको छ ।