गएको नेपाल पत्रकार महासंघ दाङ शाखाको चुनावमा आफ्नै गठबन्धनका उम्मेदवार माथि घात गरेको ठहर गर्दै नेपाल प्रेस युनियन दाङले आफ्ना ४ जना सदस्यहरुलाई कारवाही गरेको छ । शनिवार नेपाल प्रेस यु्नियन दाङले १ जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन र ३ जनाई साधारण सदस्य समेत नरहने गरी ६ महिना सम्मका लागि निलम्बन गरेको छ ।
नेपाल प्रेस युनिय दाङका कार्यावहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा बसेको विस्तारित बैठकले ऋषिराम यादवलाई साधारण सदस्य नरहने गरी निष्कासन र सहसचिव सपना बोहरा, सदस्य शर्मिला डिसी र सदस्य पूर्ण वहादुर विश्वकर्मा (प्रिया स्मृतिगजमेर) लाई पद र साधारण सदस्यता नरहने गरी ६ महिना सम्मका लागि निम्बलन गर्ने निर्णय गरेको हो । गत २०७७ चैत्र २५ गते प्रेस युनियन र प्रेस संगठन लगायतका गठबन्धनबाट बनेका अध्यक्ष सहित केहि पदमा पराजय भएपछि यसको अध्ययन गर्न युनियन अन्तर्गत छानविन समिति गठन गरेको थियो । छानविन समितिले दिएको प्रतिवेदनलाई अनुमोदन गर्दै उनिहरुलाई कारवाही गरिएको हो ।
साथै निवार्वचनमा गठबन्धनका उम्मेदवार पराजित हुनुका प्रमुख कारण गठबन्धनमा रहेका संगठन र प्रेस संगठनको आन्तरिक गुटगत किचलो रहेको नेपाल प्रेस युनियनले ठहर गरेको छ ।