२०७८ भाद्र २७ गते आइतवार
२०७८ भाद्र २७ गते आइतवार

निर्मला पन्तलाई न्याय दिन कांग्रेसका प्रवक्ता शर्माद्धारा सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् । निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार  ट्वीट गर्दै प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्ण गराएका हुन् ।

निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नदिन विशेष तदारुकता बढाउन शर्माले सरकारसँग आग्रह गरेका छन् । प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको संकेत गर्दै प्रवक्ता शर्माले लेखेका छन्,’ बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय @PM_nepal र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अब गहन दायित्व निभाउनुपर्ने बेला आएको उनले उल्लेख गरेका छन् । साथै प्रवक्ता शर्माले बालिका तथा महिला हिंसा, बलात्कार र हत्याको अनेक घटना भैरहेको भन्दै नियन्त्रणका लागि राज्य कठोर बन्नु पर्ने बताएका छन् ।

२०६५ साल साउन १० गते गृहकार्य गर्न साथीकोमा जान्छु भन्दै घरबाट हिँडेकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त घर फर्किनन् । त्यसकै भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन् । तर, उनको हत्याराको हालसम्म पनि पहिचान हुन सकेको छैन ।