२०७८ भाद्र २६ गते शनिवार
२०७८ भाद्र २६ गते शनिवार

पश्चिम दाङको शान्तिनगरमा सर्पदंशबाट दुई बर्षीया बालिकाको मृत्यु

सांकेतिक तस्बिर ।

पश्चिम दाङको शान्तिनगरमा सर्पदंशबाट दुई बर्षीया बालिकाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका ६ निवासी राजेन्द्र चौधरीको दुई बर्षीया छोरी आराजी चौधरीको सर्पदंशबाट मृत्यु भएको हो । बिहान आफ्नै घरमा खेलिरहेको अवस्थामा विषालु सर्पले डसेको थियो । खुट्टामा सर्पले डस्दा बेहोस भएकी बालिकालाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवंं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।