२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

दाङमा जरायाे सिङ सहित ३ जना पक्राउ


दाङमा जरायाे सिङ सहित ३ जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहते खोलाबाट गएराती १ बजे दाङका दुई जना र सल्यानका एक जना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका वडा नं. १ गंगटेका २२ वर्षिय जिवन घर्ती, वडा नं. ४ हापुरका ३९ वर्षिय ईन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका वडा नं. ४ साईलाकम्दाका २२ वर्षिय विनोद वली रहेका छन् ।
उनीहरुलाई जरायोको सिङ कारोवार गर्दै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले गहते खोला नजिकबाट पक्राउ गरेको प्रवक्ता रिजालले बताउनुभयो । पक्राउ परेकाको साथबाट दुई थान सिङ प्रहरीले बरामद गरेको छ।
उनीहरुलाई थप अनुसन्धानका लागि सिङ्गसहित जिल्ला वन कार्यालय दाङमा फठाइएको छ।