२०७८ भाद्र २९ गते मङ्गलवार
२०७८ भाद्र २९ गते मङ्गलवार

कांग्रेसको काँधमा तीन चुनौती थपिएको छ : पूर्वमन्त्री गिरी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सिचाईमन्त्री दिपक गिरीले नेपाली कांग्रेसको काँधमा तीन चुनौती थपिएको बताउनु भएको छ । आज तुलसीपुरमा रिपोर्टस क्लवले गरेको साक्षात्कारमा बोल्दै नेता गिरीले ओली सरकारले थलालिङ पारेको मुलुकलाई सहि दिशा तर्फ लैजान, कोभिड – १९ परास्त पार्न आम नेपाली नागरीकलाई खोप र पार्टि जिवन्त राख्न नेपाली कांग्रेसको काँधमा चुनौती थपिएको नेता गिरीले बताउनुभयो ।

नेपाली कांग्रेस सरकारमा जान सपना नदेखेको तर लोकतन्त्र रक्षा गर्न लागि सरकारको नेतृत्व लिएको उहाँले बताउनुभयो । ‘ओलीले संविधान विपरित काम गरेर लोकतन्त्र मास्क खोजेका थिए’ नेता गिरीले भने, ‘सबैले पार्टिले कांग्रेसलाई लोकतन्त्रको रक्षाका लागि नेतृत्व लिनुपर्ने आग्रह गरे त्यसैले कांग्रेसले सरकारको नेतृत्व लिएको हो ।’ अव देउवा नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्नुपर्ने बताउने भयो । मुलुकमा देखिएका जलन्त समस्यालाई समाधान गर्दै अगाडि बढ्नु पर्ने नेता गिरीका भनाई छ ।

नेता गिरीले इतिहास बोकेको टरिगाउँ एयरपोर्टलाई ‘ए’ कलासको डोमेस्टिक एयरपोर्ट बनाउनुपर्ने बताउनु भयो । अर्को पटक जनताले जिताएमा दाङमा ‘ए’ कलासको डोमेस्टिक एयरपोर्ट र सडकलाई गुणस्तरीय बनाउने सपना रहेको बताउनु भयो ।दाङमा सबै किसिमका विकासका लागि आफूले सधै सोच्ने गरेको गिरीको भनाई छ । तुलसीपुर – घोराही सडकखण्ड निर्माण कार्य ढिला भएको भन्दै यस्तो अवस्था कसले बनाएको भन्ने कुरामा सबैलाई अवगत भएको बताउनुभयो ।

साक्षात्कार कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद शंकर गिरीले लुम्बिनी प्रदेश सरकार असंबैधानिक रुपमा चलेको बताउनुभयो। लुम्बिनी प्रदेश सरकार असंबैधानिक बाटोमा लागेको भन्दै लुम्बिनीमा चाडै नयाँ गठबन्धनको सरकार बन्ने बताउनुभयो । रिर्पोट्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गरेका भएको थियो ।