दाङको तुलसीपुरमा अज्ञात समूहले पार्किङ गरी राखिएको बसमा आगजनी गरेको छ। तुलसीपुरको कालाखोलामा रोकी राखेको रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जनाकारी दिनुभयो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।