२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

अशक्तलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण

बबई गाउँपालिका वडा नं. ७ को समन्वयमा वडाका विभिन्न टोलमा रहेका अशक्त, अपाङग, विरामी व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडाको समन्वयमा कुमारी विकास बैंक हापुरेले उनिहरुलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

अशक्त, अपाङग, विरामी भएका २० जनालाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष महाविर चौधरीले बताउनुभयो । बाँकी रहेका मलईमा पनि केहि दिन पछि सुरक्षाभत्ता वितरण गरिने वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
वडा अध्यक्ष महाविर चौधरी, कुमारी विकास बैंक हापुरे शाखा प्रमुख निर्मल पौडेल, सहायक प्रमुख सुमानन्द भुषालको एक टोलीले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।