२०७८ भाद्र २६ गते शनिवार
२०७८ भाद्र २६ गते शनिवार

शान्तिनगर ५ आधारभूत स्वास्थ्य सेवा केन्द्रको उदघाटन

पश्चिमदाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ को आधारभूत स्वास्थ्य सेवा केन्द्र उदघाटन गरिएको छ । आज एक कार्यक्रम विच शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले उदघाटन गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले शान्तिनगर गाउँपालिकाका सबै वडामा स्वास्थ्य संस्थाको स्थापना गरिएको बताउनुभयो । शान्तिनगर गाउँपालिकाले सबै भन्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गर्दै आएको अध्यक्ष डाँगीले बताउनुभयो । स्वास्थ्य नै सबै भन्दा ठुलो धन भएकाले शान्तिनगर गाउँपालिकाले अभियानका रुपमा शान्तिनगरमा रहेका ३ वटा स्वास्थ्य चौकीले मात्र नपुग्ने भएकाले थप ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र थपेर ८ वटा बनाइएको उहाँले बताउनुभयो । स्वस्थ्य भएमा मात्र सबै विकास काम गर्न सकिने भएकाले सबै  सर्वधारणाले अव आधारभूत स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनु नपर्ने धारणा अध्यक्ष डाँगी राख्नुभयो ।

शान्तिनगर ५ का वडा अध्यक्ष गिरीराज बस्नेतले वडाले स्वास्थ्य क्षेत्रका लागि थप १८ लाख बजेट विनियोजन गरेको बताउनुभयो । वडाबासीलाई आधारभूत स्वास्थ्य सेवाका लागि बाहिर जान नपर्ने गरी काम अगाडि बढाइने उहाँले बताउनुभयो । जग्गादाताको तर्फबाट लाल वहादर बस्नेतले बोल्नु भएको थियो ।


आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणलागि स्वर्गिय कलचुरा बस्नेत, स्वर्गिय कृति वहादुर बस्नेतको सम्झनामा चेत वहादुर बस्नेत र लाल वहादुर बस्नेतले ८ कठ्ठा जग्गादान गर्नुभएको थियो । सो अवसरमा जग्गादाता चेत वहादुर बस्नेत र लाल वहादुर बस्नेतलाई सम्मान गरिएको थियो । शान्तिनगर ५ रगैंजामा भाडामा बस्दै आएको आधारभूत स्वास्थ्य केन्द्र ढोरेनीमा आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।

कार्यक्रममा शान्तिनगर गाउँपालिका उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत रेवन्त वहादुर डाँगी, नायव सुब्वा नन्दराम खड्का, धनौरी स्वास्थ्य चौकीका प्रमुख राज कुमार न्यौपाने, मोहन रावत लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमु्ख हरी पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अधिकृत कृष्ण कडेलले गर्नु भएको थियो ।

जग्गादाताहरु