२०७८ भाद्र २७ गते आइतवार
२०७८ भाद्र २७ गते आइतवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  घोराही – तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर  ७ पर्सेनीमा आज करिव विहान ५ बजे तिर रा ६ प ७२५ नम्वर मोटरसाइकल दुर्घटना भएको हो ।

सडक निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परि तुलसीपुर १० राइखल्यानका अन्दाजी ३५ वर्षिय चुडामणी भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।  उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।