२०७८ भाद्र २७ गते आइतवार
२०७८ भाद्र २७ गते आइतवार

बाँके राष्ट्रिय निकुञ्जमा बाघैबाघ

प्रतिकात्मक तस्वीर ।

बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिब दुई दर्जन बाघ पुगेको छ ।

सन् २००९ मा चारवटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन् २०१८ मा गणना गर्दा २१ वटा देखिएका हुन् । अझै बढेको आँकलन गरिएको छ । बाघ संरक्षणका लागि बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीपोखरी र घाँसे मैदान निर्माण गरिएको छ । चुनौतीको रूपमा रहेको चोरी शिकारी नियन्त्रणको अधिक प्रयास भएको छ ।

निकुञ्ज ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ । ३ सय ३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र पर्दछ । बाँके, दाङ र सल्यान जिल्लालाई छोएको निकुञ्जमा बाघसँगै लोपोन्मुख वन्यजन्तु चौका प्रशस्त रहेका छन् ।

बाघ हेर्नलाई संसार नै लालायित छ । बाघ भएका निकुञ्जमा पर्यटकको घुइँचो लाग्ने गर्दछ । बाँके राष्ट्रिय निकुञ्जको हकमा त्यो लागू भएको छैन ।

निकुञ्जमा अलिकति सफारी गर्नेबित्तिकै बाघ देखिने गरेको भुक्तभोगीहरु बताउँछन् । गाभर होमस्टेका सञ्चालक कृष्ण चौधरीले बाँके राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि लामो यात्रा गर्न नपर्ने बताए । ‘आएका पर्यटकले छोटो यात्रामै बाघ देखेर खुसी भएका छन्’, चौधरीले भने– ‘त्यसका बाबजुद प्रचारप्रसार हुन नसक्दा पर्यटकको रोजाइ बन्न सकेको छैन ।’ यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।