२०७८ भाद्र २७ गते आइतवार
२०७८ भाद्र २७ गते आइतवार

शान्तिनगर ६ मा ३५ जनाले गरे कांग्रेसमा प्रवेश

दाङकाे शान्तिनगर गाउँपालिका वडा नं ६ मा ३५ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका विच वडा नं ६ का विभिन्न गाउँका ३५ जनाले नेकपा एमाले र माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनिहरूलाई नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ का क्षेत्रिय उपसभापती प्रमाेद बस्नेतले सम्मानका साथ नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।
वडा सभापति एकराज वलीकाे सभापतित्व तथा साे नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ का क्षेत्रिय उपसभापती प्रमाेद बस्नेतले प्रमुख आतिथ्यमा भएकाे पार्टि प्रवेश कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ का क्षेत्रिय सचिव चुडामणी ढकाल, नेता राम वहादुर केसी, वडा अध्यक्ष तथा युवा नेता रवि बुढाथाेकी लगायतकाे सहभागिता रहेकाे थियाे । वडा नं ६ अहिले कांग्रेसमय भएकाे कांग्रेसले दावि समेत गरेकाे छ ।

नेकपा एमाले र माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्ने उनिहरूले साे इच्छाले प्रवेश गरेकाे बताए । कार्यक्रमकाे सहजिकरण गाेपाल जिसीले गरेका थिए ।
केही दिन अघि साेहि वडाबाट नेकपा माओवादीकाे भातृ संगठन वाइसियल शान्तिनगर पुर्व इञ्चार्ज दिपक परियार कांग्रेसमा प्रवेश गरेका थिए ।