२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

सल्यानको छत्रेश्वरीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

सल्यानको छत्रेश्वरीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
सल्यानको छत्रेश्वरी गाउपालिका ६ शारदा पुल नजिकैँ आज अपह्वान्न ४ बजे तीर मोटरसाइकल दुर्घटना भएको हो । मृत्यु हुनेमा छत्रेश्वरी गाउपालिका ५ लेखपोखरा, चौरपानीका अन्दाजी २२,२३ बर्षका शालिक बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

लान्तीबाट लेखपोखरा तर्फ जादै गरेको प्रदेश नम्बर ३, ०२०२४ प ६७५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ । मोटरसाइकल चालक समेत रहेका उनलाई दुर्घटनामा परेर गम्भिर चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउदाँ अस्पतालले मृत घोषणा गरेको थियो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।