२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

असहायलाई विभिन्न सामाग्री सहयोग


राष्ट्रिय मानब अधिकार प्रतिष्ठान दाङ शाखाको समन्वयमा प्रतिष्ठानका आजीवन सदस्य अब्दुल हमिद खानले स्वर्गिय धर्मपत्नी जरिना खानको स्मृतिमा असहायलाई विभिन्न सामाग्री सहयोग गरेका छन् ।

सडकपेटीमा छट्पटिएका असहाय, अशक्त, शारीरिक तथा मानसिक रोगी, परिवारबाट बेसहारा भएका बृद्धहरुलाई उद्धारगरी तुलसीपुर स्थित मानबसेवा आश्रममा आश्रय लिएका २ जना सुत्केरी महिला सहित २७ जनालाई पोषणयुक्त खाना, फलफूल तथा ३१ जोडी चप्पल अनि ३४ महिनाका २ जना वेसाहारा शिशुलाई शेरल्याक प्रदान गरिएको थियो।

सो अवसरमा राष्ट्रिय मानब अधिकार प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक बिनोद श्रेष्ठ र शाखाका कानुनी सल्लाहकार अधिबक्ता मोहन धिताल, मानब सेवा आश्रमका जिल्ला संयोजक उर्बिन सापकोटा, प्रतिष्ठानका आजीवन सदस्य अब्दुल हमिद खान तथा दाङ शाखा उपसभापति सन्तोष गुप्ता एबम् कोषाध्यक्ष निरज श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजिकरण कोषाध्यक्ष निरज श्रेष्ठले गरेका थिए।