२०८० साउन ९ गते मङ्गलवार
२०८० साउन ९ गते मङ्गलवार

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ ।
लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ आज यथावत रहेको छ । शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटबढ नभएको महासङ्घले जनाएको छ ।