२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

दाङमा एटिएम मेसिन तोडफोड गर्ने दुई जना पक्राउ

दाङ प्रहरीले एक बैंककाे एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेकाे छ ।
गत साउन १२ गते राती घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड गरेकाे अभियाेगमा दुई जना पक्राउ परेका हुन् ।

एटिएम मेसिन तोडफोड गरेको अभियोगमा घोराही उपमहानगरपालिका १३ मंलेरीका १८ बर्षिय सुबास विक र सोही ठाउँको सुन्दरनगर टोलमा बस्ने १८ बर्षिय प्रकाश भुसाल पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । थप अनुसन्धान भइरहेकाे छ ।