२०७८ भाद्र २६ गते शनिवार
२०७८ भाद्र २६ गते शनिवार

दाङमा गौहत्या मुद्दामा फरार रहेका दोषी पक्राउ

दाङमा गौहत्या मुद्दामा फरार रहेका एक जना दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी १९ वर्षिय बिमल बिटालुला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

उनलाई दाङ देउखुरी जिल्ला अदालतले विस २०७७ साल माघ २० गते गौहत्यामा १ वर्ष ६ महिना सजाय तोकेको थियो । फरार रहेका बुटालु हिजो मंगलबार धर्नाबाट पक्राउ परेको प्रवक्ता रिजाललेब बताउनुभयो ।

सोमबार मात्र दाङ प्रहरीले धर्नाबाट नै निमबहादुर सार्कीलाई पक्राउ गरेको थियो । दुबै जना एउटै मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । पक्राउ परेका दुबैजनालई प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा बुझाइसकेको छ।