२०७८ भाद्र २८ गते सोमवार
२०७८ भाद्र २८ गते सोमवार

लुम्बिनी प्रदेशमा साउन २७ गते विशेष अधिवेशन

लुम्बिनी प्रदेशमा साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि अधिबेशन आह्वान गरिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गरेका हुन । विपक्षी गठबन्धनले सरकारविरूद्ध मंगलबार प्रदेशसभाका अविश्वास प्रस्ताव दर्ता गराई सकेका छन् ।

सरकारविरूद्ध विपक्षी गठबन्धनले बुझाएको अविश्वास प्रस्ताव यो तेस्रो पटक हो।
विपक्षी गठबन्धनले वैशाख ६ र २६ गतेपनि सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।