दाङका विद्यालयले सामाजिक दुरी कायम गरी कक्षा ११ को परीक्षा सञ्चालन गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा दिएर कक्षा ११ को परीक्षा सञ्चालन गरेका सम्बन्धीत विद्यालयले जानकारी दिएका छन् । काेराेना कारण राेकिएकाे शैक्षिक सत्र २०७७ काे अन्तिम परीक्षा सञ्चालन गरिएकाे हाे । दाङका केहि विद्यालयमा परीक्षा जारी छ भने केहि विद्यालयमा परीक्षा सकिसकेको छ ।
सरस्वती माध्यमिक विद्यालय चरकमटियामा कक्षा ११ को परीक्षा सकिएको छ । सवै विद्यार्थीलाई पुर्ण रुपमा स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरी कायम गर्दै परिक्षा सम्पन्न गरिएको परिक्षा समिति संयोजक लाल बहादुर कवरले जानकारी दिनुभयो ।
परिक्षामा १२९ जना परीक्षार्थी विद्यार्थीलाई मास्क तथा सामाजिक दुरी कायम गरी परीक्षा गरिएको विद्यालयका प्रधानाध्यापक ललित केसीले जानकारी दिनुभयो । अन्य विद्यालय पनि यसैगरी स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरी कायम गर्दै परिक्षा गराएको बताइएको छ ।