२०८० साउन ११ गते बिहिवार
२०८० साउन ११ गते बिहिवार

ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु

फाइल तस्वीर

दाङमा ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ४ सिम्लेनीका ३६ वर्षिया अमृता घर्ती र उहाँका दुई वर्षिय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

तुलसीपुर १९ पतेनीमा माइत जाने क्रममा आज दिउँसो साढे २ बजे ग्वारखोलाले बगाएको थियो । अहिले शबलाई पोष्ट्रमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।