नेपाल रेडक्रस सोसाइटी दाङ शाखा ले बबई गाउँपालिकाको लागि स्मार्ट टि.भि र क्यामेरा हस्तान्तरण गरेको छ । स्मार्ट टि।भि मा भर्चुअल मिटिङ गर्न सहज हुने सुचना तथा संचार अधिकृत विश्व प्रकाश अर्याल ले जानकारी दिनु भएको छ । हस्तान्तरण बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल लाई गरिएको हो । हस्तान्तरण कार्यक्रम मा जिल्ला कोषाध्यक्ष ज्ञान प्रसाद आइतबारे पन्चकुले उप शाखा सभापति नन्दलाल ओलि लगाएत वडा अध्यक्षहरु को सहभागीता रहेको थियो ।