२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

मलईमा निकुञ्जका बँदेलले मकैबाली नष्ट पारे

पश्चिमदाङको बबई ७ मलईमा बाँके राष्ट्रिय निकुञ्जबाट आएका बँदेलले मकैबाली नष्ट पारेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्र  पर्ने मलईमा किसानले उत्पादन गरेका मकैबाली खाएर नष्ट पारेको बताइएको छ । बाँके राष्ट्रिय निकुञ्जबाट आउने बँदेल लगायतका जंगली जनावरले बर्षेनी मकैबाली नष्ट पार्ने गरेको मलईबासीहरु बताउछन् । यस बर्षपनि किसानले उत्पादन गरेको मकैबालीमा ठुलो मात्रामा क्षती पारेको छ ।

बारीमा लगाएका सबै मकै खाएर नष्ट पारेको स्थानीय देव वहादुर पुनले बताउनुभयो । ‘हरेक बर्ष मकैबाली लगाउछौं, मकै बँदेलले खाएर सकिदिन्छ’, पुनले भन्नु भयो, ‘बारीमा बँदेलले मकै नष्ट पारेको देखेर मन रुन्छ, के गर्ने हाम्रो समस्या कस्ले सुनिदिन्छ र ? ’
पुनको जस्तो समस्या अर्का ओपेन्द्र बस्नेतको पनि त्यस्तै छ । ‘रातभर बँदेल आउँछ भनेर ढ्याङग्रो पनि बजाउँछौ तर कति बेला आएर खान्छ थाहै हुदैन’, बस्नेतले भन्नुभयो, ‘बँदेलबाट मकैबाली बचाउछु भनेर जति प्रयास गरेपनि कति बेला आएर बेला खाएर खान्छ थाहै हुदैन ।’

किसानले उत्पादन गरेको खेती बँदेल लगायतका निकुञ्जबाट आउने जंगली जनावरले क्षति गर्ने हुँदा किसानहरुले विभिन्न समस्या भोग्दै आएका छन् । जनावरले उत्पादन गरेका खेती मात्र नभएर पशुचौपायमा पनि क्षति पुराउने गरेको छ । गाई, गोरु, बाख्रा, खसी जस्ता पशुचौपाय बाघले खाने गरेको स्थानीयले बताएका छन् । मलईमा निकुञ्जका जनावरका डर त्रासका कारण कैयौ परिवार विस्थापित भएको छ । अन्य स्थानमा बसाई सराई तथा छिमिकि देश भारतमा गएर कमाई गर्दै परिवार पाल्दै अएका छन् ।