२०७८ भाद्र २६ गते शनिवार
२०७८ भाद्र २६ गते शनिवार

अन्तर्राष्ट्रिय युवा दिवस : नेपालको समृद्धिमा नेपाली युवाको भुमिका

आज रास्ट्रको राजनिति अनिर्णयको बन्दि भएर छट्पटाइ रहेको बेला, चौतर्फि रुपमा बिकल्पको खोजी भैरहेको अवस्थामा , नेपाली युवा शक्ति एउटा बलियो बिकल्प हुन सक्छ ।

दशकौं यता नेपाल असफल राजनितिको प्रयोगशाला भएको र प्रयोग का आधार (नेताहरु) पनि पुर्ण रुपमा असफल भएको कुरा घाम जस्तै छर्लङ्ग छ । जसका कारण खोला पारगरिरहेको यात्री भासमा डुबे झै रास्ट्र भ्रस्टाचारको दलदल मा फसिरहेको छ ।राज नेताहरुको बहुदलिय चरित्र बिपरित , सहमति सहकार्य साझेदारी र भागबण्डा को गलत प्रयोग का कारण भ्रस्टाचारले संस्थागत रुप लियिसकेको ले नेपाल असफल रास्ट्र हुने प्राए निस्चित छ । पार्टी र तिनका नेता पर्ति जनताको विस्वास हराउदै गएको छ ।दल हरु को बैधानिकता शंकटमा छ र दलका नेतृत्व वर्ग राजनितिक स्तित्व जोगाउने ष डयन्त्र मा लागीपरेका छन ।

पार्टी भित्र को गुटबन्दि का कारण नेतृत्व वर्गले युवाहरुलाइ फुटाएर , झोले को बिल्ला भिराएर , आफ्नो कुर्सि जोगाउन सफल छन तर देस प्रतिपल असफलता तिर गैरहेको छ । १०० वटा कार्य मध्य ९९ कार्य खराब भए पनि १ (एक ) कार्य यस्तो भएको छ जसले ९९ खराब कार्य लाइ छोपेको छ । त्यो हो सबै दलहरुको लोकतन्त्र प्रति स्वीकार्यता र लोकतान्त्रीक संबिधान को स्थापना । इमान्दारी पुर्बक संबिधान लाइ स्विकारे पछि अब हाम्रो राजनितिमा सैधान्तिक भिन्नता बांकि रहेन । नेपाल को राजनितिमा एकातिर नेतृत्व वर्ग को स्तित्व रक्षा को कुटनितिक लडाइं, गुटगत स्वार्थ , अर्को तर्फ आधुनिक डिजिटल र इलेक्ट्रोनिक युगका निर्माता युवाहरु इमान्दारी र आज्ञाकारि हुंदा हुदै पनि पार्टी र नेता पर्ति बफादार भएकै कारण (झोले)  नामले बदनाम भैरहेको अवस्था भएकाले देशको राजनितिक भविस्य थप अंधकार देखिन्छ ।
अतः अब नेपाली युवाहरुले गम्भिर भएर सोच्ने बेला भएको छ ।आजको राजनैतिक र सैधान्तिक मतभेद लाइ संबिधानले मेटाइसकेको अवसर लाइ सदुपयोग गरी देस रबिदेस मा रहेका बिभिन्न दलहरुमा बिभाजित भै बसेका संपुर्ण युवाहरु ले रास्ट्रीय सम्मेलन गरी रास्ट्र र जनताको समृद्धि र विकाशको लागी एकजुट भै ठोस निर्णय गर्ने बेला भए को छ ।देस जनता र युवा शक्ति लाइ असफल नेतृत्व को चंगुलबाट मुक्त गर्न, सबै वादबाट अलग्गै, समृद्धि र विकाशको एकमात्रएजेण्डा बोकेको एक व्यक्ति ले दुइ कार्य काल मात्र नेतृत्व गर्न पाउने, सम्भब भए उमेर को पनि हद तोकेर रार्ष्ट्रिय युवा मोर्चा गठण गरी रास्ट्रका कर्णधार, युवाले रास्ट्र को संवृद्धि र विकाश को जिम्मा लिनु नै आजको रार्ष्ट्रिय राजनिति को निर्बिकल्प बिकल्प हो ।

लेखक : नेपाली कांग्रेस दाङको बबईका नेता हुनुहुन्छ ।